पर्सा जिल्लाको डोकैला बहुअरी नजिक रहेको तिलावे पुल बीरगञ्ज महानगरपालिकामा पर्छ र बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ सँग सिमाना जोडिएको छ।
पर्सा जिल्लाको क्षेत्र नम्बर २ मा यो पर्छ जसको सांसद माननीय अजय चौरसिया हुनुहुन्छ। साथै क्षेत्र नम्बर २ को क मा पर्छ जसको प्रदेश सांसद माननीय श्याम पटेल हुनुहुन्छ।
बीरगञ्ज महानगरपालिका को नगरप्रमुख राजेशमान सिंह र बहुदरमाई नगरपालिकाको नगरप्रमुख सिंगासन साह तेली भएको यस क्षेत्रमा यो दुर्घटना भएको छ।
यी सबै जनप्रतिनिधि हुँदाहुँदै पनि साथै सिचाई विभागको सक्रियता र आगमन हुँदाहुँदा पनि यो पुललाई बचाउन सकिएन यो पुल अलि मात्र भाँसिएको अवस्थामा हामी समेत धेरै व्यक्तिले यसको जानकारी सबै जनप्रतिनिधि र सम्बन्धित निकाय सिँचाइ विभागलाई गराएको थियो। साथै जान्ने बित्तिकै जनप्रतिनिधि र सिँचाइ विभागका प्रमुख मनोरञ्जन ज्यूले आएर यसको स्थलगत निरक्षण पनि गर्नुभएकै थियो तर पनि यसलाई बचाउन कुनै ठोस कदम नचालेकोले आज यो पुल पूर्णरूपले क्षतिग्रस्त भएको छ।
पुल भासिएपछि आवत जावत गर्न रोक लगाइएको छ । दैनिक हजारौँको सङ्ख्यामा यो पुलबाट आवतजावत गर्ने सम्पूर्ण जनतामा निराशापन छाएको छ।
पुल भासिनाले गण्डक भएर वीरगंज आउने र ग्रामीण क्षेत्रतर्फ जाने सर्वसाधारण मर्कामा परेका छन् ।दैनिक यात्रा गर्ने सर्वसाधारणलाई थप कठिनाइ भोग्नुपर्ने भएकाले पुल बनाउन यसभेगका नेताहरुले दबाब दिनुपर्ने स्थानीयको भनाई रहेको छ।
डोकैला बहुवरी निवासी युवा नेता चन्दन यादवले दुई तीन महिना पहिला आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत यस पुलको पहिलो स्थलगत रिपोर्टिङ गरी सम्पूर्ण जनप्रतिनिधि र सिँचाइ विभागलाई जानकारी गराएका थिए। त्यसपछि दुवै पुलको छेउमा माटोपुरी हेभी गाडीहरु रोक्न लगाइएको थियो र जनप्रतिनिधि र सिँचाइ विभागद्वारा चाँडै पुल बन्छ भनि प्रतिबद्धता पनि जनाइएको थियो। तर यति दिन बितिसक्दा पनि यसलाई संरक्षण गर्न सकिएन र आज यो पुल पूर्ण रुपले क्षतिग्रस्त भई सामान्य आवतजावत समेत अवरुद्ध भएको छ।
प्रतिक्रिया