बहुदरमाई - आज बहुदरमाई नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयका शिक्षकहरु विगत तीन महिनादेखि तलब नपाएकोले हिन्दुहरूको महान र सबभन्दा ठूलो पर्व दशैंमा तलब नपाउँदा समयमै तलब पाउँ भनी बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिगांसन साह तेलीलाई ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्र बुझेर आफ्नो दुई शब्द राख्ने क्रममा मेयर शाहले दशैंपछि जसरी पनि नगरपरिषद् हुन्छ र तलब जान्छ भन्ने आश्वासन दिएका छन्। बहुदरमाई नगरपालिकाको परिषद् नभएको कारण सावनदेखि नै सबै कर्मचारीहरूको तलब भत्ता रोकेको छ।
यति मात्र नभई हरेक क्षेत्रमा यसको प्रभाव देखापरेको छ जस्तै स्वास्थ्य चौकीमा औषधिको कमी , विद्यालयहरूमा दिवा खाजा नियमित रुपमा नपाउनु, पशु अस्पताल विगत छ महिनादेखि बन्द रहनु, पीडितहरूलाई आर्थिक सहयोग नपाउनु, बजेटमा कमी हुनु साथै बुढाहरूको बुढा पेन्सन पनि रोक्का हुनु।
यी सबै समस्याले भरिएको बहुदरमाई नगरपालिका अहिले परिषद् नहुँदा अनयोलमा परेको छ।
प्रतिक्रिया